2009-08-27
2009-08-26

पुन सपथ नलिने अडानमा उपराष्ट्रपति


२६ अगष्ट, २००९
बरु राजिनामा दिन तयार
काठमाडौं -उपराष्ट्रपति परमानन्द झाले सर्वोच्चको तेस्रो फैसलालाई पनि अवज्ञा गर्ने जनाएका छन् । राष्ट्रपति र सरकारको आग्रहलाई समेत वेवास्ता गर्दै नेपालीमा सपथ नखाने बताएका छन् ।




सर्वोच्चको निणर्य पूर्वाग्रही भएको भन्दै उनले आफुले नेपालीमा पुनःसपथ लिनुपरे राजिनामा दिने मनस्थितिमा रहेको बताए । दोस्रो पटक आज राष्ट्रपतिसँग परामर्श गर्न पुगेका झाले राष्ट्रपतिलाई आफ्नै मातृभाषामा सपथ लिने व्यवस्था मिलाइदिन आग्रह गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

मधेशवादी दलहरुले नेपालीमा सपथ नलिन सुझाव दिएपछि उपराष्ट्रपति झाले आजै राष्ट्रपतिलाई भेटेर नेपालीमा सपथ नलिने जानकारी गराएका हुन । राष्ट्रपति डाक्टर रामबरण यादवले भने आज पनि सर्वोच्च अदालतको निर्णयको सम्मान गर्न आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको आइतबार बसेको पूर्ण इजलासले उपराष्ट्रपति झालाई सात दिनभित्र नेपाली भाषामा सपथ लिन तेस्रो पटक आदेश दिँदै नेपालीमा सपथ नलिए पद स्वत निश्क्रीय रहने फैसला सुनाएको थियो । आजै उपराष्ट्रपतिले भाषिक आन्दोलन कर्मिहरुको भेटमा पनि नेपालीमा सपथ नलिने अडानमा आफू रहेको जानकारी गराएका थि
Category
Monthly archive
Latest trackbacks
Latest comments
Profile

Author:कैलावती आवाज
Welcome to FC2!

Latest journals